मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८३, आइतबार

काठमाडौं / साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे । खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

स्विट्जरल्यान्डले ६७औं मिनेटमा बराबरी गोल फर्कायो । रिकार्डाे रोड्रिगको असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा फर्काए । खेलको ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलमा झरेको थियो ।

निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए । इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३-१ को जित निकाले ।

अर्जेन्टिना सातौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ । तीनपटकको विश्वविजेता अर्जेन्टिना तीन पटक नै उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->