शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ह्याण्डबल : गुरुकुल र पोखरा एकेडेमी फाइनलमा

ह्याण्डबल : गुरुकुल र पोखरा एकेडेमी फाइनलमा


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८३, सोमबार

पोखरा/यू १६ छात्र/छात्रा जुनियर ह्याण्डबल प्रतियोगिताअन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगति माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

सम्पन्न खेलमा गुरूकुलले प्रगति माविलाई १५–११ तथा पोखरा एकेडेमीले पोखरा लर्नसलाई १७–१४ गोल अन्तरले पराजित गरे ।

त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कूल ए टिम फाइनलमा स्थान बनाएको छ । सम्पन्न सेमीफाइनलमा पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । त्यस्तै छात्रातर्फको एक अर्को खेल भने वर्षाका कारण स्थागित भएको छ । दोस्रो सेमीफाइनल खेल गण्डकी बोर्डिङ बी र प्रगति माविबीच हुने तय थियो ।

रोकिएको एक सेमीफाइनल खेल, तेस्रो स्थान एवं फाइनल खेलहरु सबै सोमबार हुने रेफ्रि संयोजक विशाल बस्नेतले जानकारी दिएका छन् ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->