शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

५ हजार ८ सयभन्दा बढी बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाईयो

५ हजार ८ सयभन्दा बढी बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाईयो

अभियानमा बागलुङका सबै बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाउने लक्ष्य भएपनि अधिकांश बागलुङ नगरपालिकाका बालबालिकाले यो औषधि खाएको धौलागिरि आयुर्वेद अस्पतालका निमित्त प्रमुख डा. कमल विक्रम पौडेलले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८३, शुक्रबार

बागलुङ/धौलागिरि आयुर्वेद अस्पतालले बागलुङ र पर्वत जिल्लाका ५ हजार ८ सय २८ जना बालबालिकालाई ‘स्वर्णबिन्दु प्रासन’ खुवाएको छ । बालबालिकाको बौद्विक, शारीरिक र वृद्वि विकासका लागि ‘स्वर्णबिन्दु प्राशन’ महत्वपुर्ण मानिन्छ ।

चालु आर्थिक वर्षको असोजदेखि असारसम्म नयाँ–पुराना गरी ५ हजार ८ सय २८ जना बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाईएको हो । अस्पतालले गत असोज २९ गते ४ सय ६३ जना बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाएर अभियानको शुरुवात गरेको थियो ।

अभियानमा बागलुङका सबै बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाउने लक्ष्य भएपनि अधिकांश बागलुङ नगरपालिकाका बालबालिकाले यो औषधि खाएको धौलागिरि आयुर्वेद अस्पतालका निमित्त प्रमुख डा. कमल विक्रम पौडेलले जानकारी दिए ।

यो आर्युवेदिक औषधि भएकोले अन्य असर नभएको र बालबालिकाले मिठो स्वादमा खाने गरेका छन् । ‘‘बागलुङसंगै छिमेकी जिल्ला पर्वतबाट गाडी रिजर्भ गरेर अभिभावकले आफ्ना बालबालिकालाई ‘स्वर्णबिन्दु प्रशान’ खुवाउनुभएको छ’’ डा. पौडेलले भने ।

एक वर्ष काटेका र पाँच वर्ष सम्मका बालबालिकालाई ‘स्वर्णबिन्द प्राशन’ खुवाइन्छ । नेपाली पात्रो अनुसार तृष्य नक्षेत्रको दिन पारेर यो औषधि खुवाउनु पर्ने आर्युवेदिक परम्परा छ । नेपालमा अघिल्लो वर्ष नमूनाको रुपमा केही स्थानमा खुवाउने काम भएपनि बागलुङमा भने असोजबाट औपचारिक रुपमा अभियान शुरु भएको डा. पौडेलले बताए ।

यो अभियानलाई सफल बनाउँदा बालबालिकाको बौद्विक र मानसिक क्षमतामा विकास हुने विश्वास लिइएको छ । अस्पतालले हरेक २८ दिनमा आउने तृष्य नक्षेत्रको दिन ‘स्वर्णबिन्दुर प्रशासन’ औषधी खुवाउने नियमित तालिका सार्वजनिक गरेको छ ।

गत असारदेखि तत्कालिन धौलागिरि आयुर्वेद औषधालयलाई अस्पतालमा स्तरोन्नती गरिएको हो । अस्पताल बनेपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले दरबन्दीको ओएनएम गराइसकेको छ । ओएनएम अनुसार चार जना विशेषज्ञ चिकित्सकसहित २९ जनाको दरबन्दी स्वीकृत भएको छ । ‘‘दरबन्दी अनुसारका चिकित्सक, कविराज लगायतका स्वास्थ्यकर्मी आएपछि अस्पतालले पुर्ण रुपमा काम गर्नेछ’’ डा. पौडेलले भने ।

अस्पतालमा आर्युवेदिक रुपमा तयार पारिने विभिन्न औषधी र चुर्ण निशुल्क वितरण हुने गरेको छ । शल्यक्रियाबाट हुने पाइल्स (अर्स), फिसर (परिकर्तिका) र फिस्टुला (भगन्दर) जस्ता रोग निको पार्ने पद्दती पनि शुरुवात गर्ने अस्पतालको तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->