बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

विश्वकपको उपाधि स्पेनले जित्यो

विश्वकपको उपाधि स्पेनले जित्यो

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो ।


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८३, सोमबार

पोखरा/अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६ औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए ।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पा¥यो ।

स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->