शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हेली उद्वार गरिएकी सुत्कुरीको मृत्यु

हेली उद्वार गरिएकी सुत्कुरीको मृत्यु


  • अनिष पाठक
  • साउन ६ २०८३, बुधबार

बागलुङ (खर्वाङ)/स्वास्थ्य अवस्था जटिल बनेपछि हवाई उद्धार गरी पोखरा लागिएकी निसीखोलाकी एक सुत्केरीको मृत्यु भएको छ ।

मंगलबार बिहान छोरीलाई जन्मदिएकी निसिखोला गाउँपालिका वडा नं. ३ ढाडखर्ककी ३९ वर्षिया मिना सुनारलाई मणिपाल अस्पताल पोखराले मृत घोषणा गरेको बोहरागाउँ स्वास्थ्य चौंकीका जनस्वास्थ अधिकृत टोपबहादुर चन्दले जनाकारी दिए ।

बोहोरागाउँ स्वास्थ्य चौकीमा छोरीलाई जन्मदिएकी सुनारले राती १ बजेतिर आफ्नो पेट दुखेको बताएकी थिइन् । त्यसलगत्तै जनस्वास्थ अधिकृत चन्दसहित स्वास्थकर्मीको टोलीले सुनारको उपचार शुरु गरेको थियो ।

“हामीले राती पेटको दुखाई कम गर्न त सफल भयौं थप जोखिम नहोस् भनेर उहाँलाई राती नै सवारी खोजेर थप उपचारको लागि बुर्तिबाङ अस्पताल पठायौं” चन्दले भने ।

अचेत अवस्थामा बुधबार बिहान ७ बजेतिर बुर्तिबाङ अस्पतालमा पु¥याइएकी सुनारको उपचार थालेका अस्पतालका स्वास्थ्यकर्मीले आन्तरिक अत्यधिक रक्तस्राव भएको अनुमान गर्दै थप उपचारको लागि काठमाडौं रिफर गरेको थियो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सुनारलाई बुधबार दिउँसो काठमाण्डौं लैजाने क्रममा अवस्था जटिल बनेपछि मणिपाल अस्पताल पोखरा लगिएको थियो । अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->