बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण


  • ढाेरपाटन संवाददाता
  • साउन १० २०८३, आइतबार

पोखरा/ क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ ।

उक्त अवसरमा २८ जनालाई एलो, १२ जनालाई ओरेन्ज, १२ जनालाई ग्रीन, १० जनालाई ब्राउन र ८ जनालाई ब्लु बेल्ट वितरण गरिएको हो । खेलाडीहरुलाई बेल्ट वितरण गर्दै सफल उद्योगी कर्माचार्य ग्रुपका सञ्चालक लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहेका विक्रम कर्माचार्यले असल चरित्र निर्माणमा खेलले महत्वपूर्ण भूमिका खेल्ने वताए ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, क्योकुशिन कान कराँते कास्कीका जिल्ला अध्यक्ष ब्रान्च चिफ लक्ष्मण कँुवर, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, क्योकुशिन कान कराँते लेखनाथ डोजोका सल्लाहकार टुका पुन, भण्डारढिक टोल विकास अध्यक्ष अरुण गुरुङ, अभिभावक दिनेश शर्मा लगायतले बेल्ट वितरण गरेका थिए । क्योकुशिन कान कराँते लेखनाथ डोजोका प्रमुख शुवास खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->