बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यवसायीलाई कर शिक्षा

व्यवसायीलाई कर शिक्षा


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८३, सोमबार

म्याग्दी/पश्चिम म्याग्दीको मालिका गाउँपालिका, उद्योग बाणिज्य संघ मालिका र आन्तरिक राजस्व कार्यालय बागलुङको संयुक्त आयोजनामा व्यवसायीका लागि कर शिक्षा कार्यक्रम भएको छ । आर्थिक विधेयक २०८३ ले करदातालाई प्रदान गरेका विभिन्न छुट, सुविधा तथा सहुलियत, आयकर, मूल्य अभिवृद्धिकर, अन्तः शुल्कसम्बन्धी कानुनी व्यवस्थामा भएका परिवर्तन लगायतका विषयमा व्यवसायीलाई जानकारी दिइएको हो ।

आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत राजनमणि शर्माले कार्यक्रममा सहजीकरण गरेका थिए । हरेक वर्ष करका दर परिवर्तन भइरहने भएकाले त्यसका बारेमा जानकारी गराउनका लागि कर शिक्षा कार्यक्रम आयोजना गरेको उनले बताए । उनले करका दरहरुमा हुने हेरफेर र त्यसको बारेमा सचेत नहुँदा जरिवाना तथा ब्याज लाग्ने समस्याबाट गुज्रिनु परेका व्यवसायीको हितका लागि यस्तो कार्यक्रम गरेको उनको भनाइ छ ।

प्यान लिएर कारोबार गरेको तथा आयकर र आय विवरण बुझाउन बाँकी रहेका, विरण बुझाइरहेका तर कर तिर्न बाँकी, व्यवसाय गरेको तर पान दर्ता नगरेको जस्ता फरक फरक प्रकृतिका समस्या भई रहेकाहरुलाई राज्यले ल्याएको अहिलेको स्किमका बारेमा जानकारी गराउनका लागि यस्तो कार्यक्रम गरेको बताए । राज्यले अहिलेसम्म रहेका ब्याज, हर्जाना तथा कर तिर्न बाँकीलाई दिएको सुविधाबारे अर्का कर अधिकृत राजन सापकोटाले प्रकाश पारे ।

म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाइ अध्यक्ष लेकबहादुर पुनले हरेक वर्ष फेरिने करका दरबारे थाहा नहुँदा व्यवसायीले समस्या झेल्नु परेकालो सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएको बताए । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले नागरिक तथा व्यवसायीको तर्फबाट राज्यलाई तिर्नुपर्ने दायित्वका बारेमा सहजीकरणका लागि गरिएको कार्यक्रमबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रमम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखा प्रमुख मुक्ति पौडेलले आफ्नो प्रस्तुति राखेका थिए भने उद्योगी तथा व्यापारीले आफ्नो प्रश्न तथा गुनासाहरु राखेको म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाइका उपाध्यक्ष अमृत सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->