पोखरा/पोखरा ३ नदीपुरमा रहेकोमाउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी सोमबार फिस्टेल लजमा पुगे । विद्यालयले सञ्चालन गर्दै आएको ‘शैक्षिक संस्था र उद्योगहरुबीचको सहकार्यबाट भविष्य निर्माण’ अभियानअन्तर्गत कक्षा ११ का १ सय ६० विद्यार्थीले पोखराको लेकसाइडमा रहेको फिस्टेल लज भ्रमण गरेका हुन् ।
विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले औद्योगिक अध्ययन भ्रमण गरिएको प्लटु एकेडेमिक कोअडिनेटर गोविन्द सुवेदीले बताए । अवलोकनकाक्रममा फिस्टेलमा लजमा रहेको फुड एन्ड बेभरेजबारे प्रबन्धक कृष्ण लामिछाने जानकारी गराए ।
होटल सञ्चालनका विभिन्न विभाग आतिथ्य सत्कार उद्योगमा उपलब्ध करियरका सम्भावनाबारे गेस्ट रिलेसन अफिसर हेलन थापाले प्रकाश पारिन् । सेवा क्षेत्रमा आवश्यक व्यावसायिक दक्षता, अनुशासन, सकारात्मक कार्यसंस्कृति तथा उत्कृष्ट ग्राहक सेवाको महत्वबारे विद्यार्थीलाई जानकारी गराइयो ।
प्रबन्धक लामिछानेले फिस्टेल लज र माउन्ट अन्नपूर्ण मविबिच लामो समयदेखि रहेको सहकार्यलाई निरन्तरता दिँदै भविष्यमा पनि अध्ययन भ्रमण, इन्टर्नसिप तथा व्यावसायिक क्षमता विकासका कार्यक्रममार्फत विद्यालयसँग सहकार्यलाई हुने बताए ।
गएको शनिबार र आइतबार २ चरणमा सञ्चालन गरिएको कार्यक्रममाप्रिन्सिपल सइन्द्रराज श्रेष्ठ, इसिए डाइरेक्टर तेजबहादुर गुरुङ, बोड अफ डाइरेक्टर चिजकाजी गुरुङ, एचएम डिपार्टमेन्ट हेड विकास गुरुङ,कर्मा लामा, सन्दीप थापा, शिवराज काफ्ले, लेखा संयोजक नवराज शर्मा लगायत सहभागी थिए ।गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालय माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट,माउन्टेनियरिङ र कम्प्युटर साइन्समा कक्षा १२ सम्म पढाइ हुन्छ ।




