आइतबार, साउन ३१ २०८३

आइतबार, साउन ३१ २०८३
  • ३१ साउन २०८३ , आइतबार
  • August 16 2026

जिसस कास्कीको निबन्ध प्रतियोगिता

जिसस कास्कीको निबन्ध प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८३, बिहिबार

पोखरा\जिल्ला समन्वय समिति कास्कीले आफ्नो नवौं स्थापना दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा मर्निङ स्टार बोर्डिङ स्कुलका सक्षम अधिकारी पहिलो, सृजना माविका आयुष पौडेल दोस्रो, रेन्बो एकेडेमिक होम्सका एन्जी भुजेल तेस्रो र बिन्देश्वरी मावि पोखरा १९ का एलिया अधिकारी सान्त्वना बने ।

उनीहरुले क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र २ हजार पाँच सय पुरस्कार र प्रमाणपत्र पाए । कास्की जिल्लाको सन्तुलित विकासमा जिल्ला समन्वय समितिको भूमिका शीर्षकमा आयोजित निबन्ध प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयका कक्षा सातमा अध्ययनरत १२ विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा बोधराज ढकाल, प्रदीप पौडेल र लक्षु शर्मा निर्णायक थियो । विजयी विद्यार्थीलाई जिसस कास्की प्रमुख लीलाधर पौडेल, उपप्रमुख सरिता माल, जिसस सदस्यहरू र जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । जिसस प्रमुख पौडेलले जिल्ला समन्वय समितिको काम कर्तव्यका सन्दर्भमा नेपाल सरकारले सामाजिक अध्ययन बिषयको कक्षा सातको पाठ्यक्रममा समावेश गरेको स्मरण गरे ।

उनले जिससको स्थापना दिवसमा निबन्ध प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै यस्ता प्रतियोगिता विद्यार्थीको अन्तर्निहित क्षमताको प्रष्फुटनमा सघाउने जनाए ।

कार्यक्रममा जिसस कास्कीका पूर्व प्रमुख बैनबहादुर अधिकारी क्षेत्री,गाउँपालिका महासंघ गण्डकी अध्यक्ष नवराज ओझा,रेडक्रस कास्की सभापति उर्मिला खड्का,नागरिक अधिकारकर्मी रामबहादुर पौडेल,साबिक जिविस कास्कीसभापति पुण्यप्रसाद पौडेल, उपसभापति श्रीनाथ बराल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, जिसस कास्कीका पूर्वउपप्रमुख सावित्री तिमिल्सिना, नेपाली कम्युनिस्ट पार्टी कास्की संयोजक खड्ग हमालm राष्ट्रिय स्वतन्त्र पार्टी कास्की उपाध्यक्ष चिनबहादुर गुरुङm शिक्षा बिकास तथा समन्वय इकाइकास्की प्रमुख लोकनाथ आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल,पोखरा महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्याल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->