बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

सृजनामा बुद्धिचाल

सृजनामा बुद्धिचाल


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८३, शनिबार

पोखरा/पोखरा–८, सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीका बीच अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता भएको छ । विद्यालयका खेलकुल विभाग संयोजक गोपाल थापाको संयोजकत्वमा भएको उक्त प्रतियोगिता कक्षा ६ देखि ८ र कक्षा ९ र १० गरी २ तहमा सञ्चालन भएको हो ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना माविको व्यवस्थापनमा कार्यक्रम भएको हो । प्रतियोगितामा कक्षा ९ र १० अन्तर्गत छात्रातर्फ सक्रिया पोख्रेल, कुशुम गुरुङ, एञ्जल ढकाल, सदीक्षा गिरीक्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ भए ।

छात्रतर्फ संस्कार चालिसे, आयुष ढकाल, दिप्सन ढकाल र आरोज सापकोटाले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हाँसिल गरे । कक्षा ६ देखि ८ सम्मका खेलमा छात्रातर्फ सुमिना सिमखडा, पिहु अग्रहरी, तृषा सुनार र दीक्षा बरालले क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हाँसिल गर्न सफल भए भने छात्रतर्फ प्रशन पौडेल, हिमान्सु सापकोटा, जिओन गुरुङ र रोनिस सापकोटा क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ बने ।

कार्यक्रको सञ्चालन गोपाल थापा र रविना विश्वकर्माले गरेका थिए । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीबीच विविध हस्तकला प्रतियोगिता पनि भएको छ । प्रतियोगिताको नतिजा प्रकाशन र पुरस्कार वितरण आगामी सोमबारहुने शिक्षक सुरेन्द्र काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->