बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पोखरा रंगशालामा वृक्षारोपण

पोखरा रंगशालामा वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८३, आइतबार
Screenshot

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले २७ औं स्थापना दिवस तथा ३२औं विश्व आदिवासी दिवसको अवसरमा पोखरा रंगशाला परिसरमा विरुवा रोपेको छ ।

रंगशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले शनिबार वृक्षरोपण गरेको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरुङले वृक्षरोपणले वातावरण संरक्षणसँगै पोखरा रंगशालाको सौन्दर्य अभिवृद्धिमा सहयोग पुग्ने जनाए ।

उनले सुन्दर र सफा पोखराका लागि रंगशाला परिसरमा हरियाली प्रवद्र्धनमा विभिन्न निकाय, खेलकुद संस्था, सामाजिक संघसंस्थाको सहभागितामा वृक्षरोपण अभियान सञ्चालन भइरहेको उल्लेख गरे ।

फोनिज गण्डकी प्रदेश अध्यक्ष खिमा गुरुङले आदिवासी जनजाति समुदायको प्रकृति र वातावरणसँगको परम्परागत सम्बन्धलाई संरक्षण गर्दै वातावरणमैत्री गतिविधिलाई प्राथमिकता दिनुपर्ने विचार राखिन् ।

फोनिज कास्की अध्यक्ष बिनाकुमारी थापाले पत्रकारिता क्षेत्रसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाइन् ।शनिबार लिची, आँप, जामुन, एभोकाडो, बेलौती, कपुर लगायतकाबिरुवा रोपिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->