आइतबार, साउन २४ २०८३

आइतबार, साउन २४ २०८३
  • २४ साउन २०८३ , आइतबार
  • August 9 2026

विद्यालय तहका बालबालिकालाई सचेतना

विद्यालय तहका बालबालिकालाई सचेतना


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०८३, आइतबार

म्याग्दी/विद्यालय तहमा अध्ययनरत बालबालिकालाई बालबिबाह, बाल यौन दुव्र्यवहार र यस सम्बन्धमा रहेका कानुनी व्यवस्थाबारे सिकाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा पश्चिम म्याग्दीको केबी एकेडेमी एन्ड बोर्डिङ स्कुलका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सचेतना दिइएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख इन्सपेक्टर रवीन्द्र कार्कीले सहजीकरण गरेका थिए । उनले बाल विवाहले बालबालिकामा पार्ने असर तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बालविवाह गर्दा हुने कानुनी सजायबारे प्रकाश पारे ।

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनी रुपमा बन्देज लगाइएको बताउँदै उनले बालबालिकासम्बन्धी ऐन २०७५ को उपदफा ६६(२)(ण) अनुसार बालबालिकासँग विवाह गर्नु÷गराउनु बालिबालिका विरुद्धको कसुर हुने उल्लेख गरे । १० वर्ष मुनिका बालबालिकालाई बलात्कार गरेमा जन्मकैद, १० देखि १४ वर्ष मुनिकालाई १८ देखि २० वर्ष, १४ देखिमाथि १६ बर्ष मुनिकालाई १२ देखि १४ वर्ष कैद र १६ देखि १८ वर्ष मुनिकालाई बलात्कार गरेको खण्डमा १० देखि १२ वर्ष कैद सजायको व्यवस्था गरिएको जानकारी दिइयो । बालबालिकाले आफूहरु यस्ता दुव्र्यवहारका घटनामा परेको थाहा पाएको मितिले ३ वर्षभित्र उजुरी गर्न सक्ने कानुनी व्यवस्था छ ।

कार्यक्रममा केबी एकेडेमी एन्ड बोर्डि स्कुलका प्रिन्सिपल बिमल शर्माले यस्ता कार्यक्रमले बालबालिकाको मनोविज्ञानलाई मजबुत बनाउने बताए । कार्यक्रम इन्सेक प्रतिनिधि अमृतप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->