सोमबार, साउन २५ २०८३

सोमबार, साउन २५ २०८३
  • २५ साउन २०८३ , सोमबार
  • August 10 2026

बास्केटबलको उपाधि बेनीलाई

बास्केटबलको उपाधि बेनीलाई


  • ढाेरपाटन संवाददाता
  • साउन २४ २०८३, आइतबार

बागलुङ/बागलुङमा सम्पन्न दोस्रो अन्तर माध्यामिक विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि प्रकाश मावि बेनीले जितेको छ ।

संयुक्त चार युवा क्लब बागलुङको अयोजनामा न्यु ओयसीसय एकेडेमीमा संचालित दोस्रो बास्केटबल प्रतियोगिताको फाइनलमा चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुल बागलुङलाई पराजित गर्दै प्रकाश माविले उपाधि जितेको हो ।

प्रकाश माविले उपाधिका लागि ४३ स्कोर बनाएको थियो भने चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलले १२ स्कोर बनायो । उपाधिसंगै प्रकाश मावि बेनीले नगद २२ हजार २ सय २२ रुपैया तथा उपविजेता चिल्ड्रेनले नगद १२ हजार २ सय १२ रुपयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको क्लबका सचिव बिरोश क्षेत्रीले जानकारी दिए ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने चिल्ड्रेन लाइफका निशान कार्की र सबैभन्दा बढि स्कोर बनाउने प्रकाश माविका राम गर्वुजालाई पुरस्कार प्रदान गरिएको थियो ।

विजेता तथा उपविजेतासहित विद्यागत पुरस्कार बागलुङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्री, रोटरी क्लव अफ बागलुङका अध्यक्ष पुनम प्रसाद शर्मा, एन प्याव्सनका केन्द्रिय सदस्य एवम् बागलुङका अध्यक्ष नेत्रलाल न्यौपाने, क्लबका पूर्व अध्यक्ष अभिषेक कटुवाल लगायतले बितरण गरेका थिए ।

कार्यक्रम क्लबका अध्यक्ष साकार अधिकारीको अध्यक्षता र सचिव बिरोश क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । प्रतियोतिगामा बागलुङ र म्याग्दीका विभिन्न बिद्यालयका गरी १२ टिमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->