बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३
  • २८ साउन २०८३ , बिहिबार
  • August 13 2026

छानबिन गर्न समिति गठन

छानबिन गर्न समिति गठन


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८३, मंगलबार

पोखरा/गण्डकी खेलकुद पदक वितरणबारे छानबिन हुने भएको छ । पदक वितरण प्रक्रियामाथि प्रश्न उठेपछि गण्डकी प्रदेश सरकारले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिले पदक वितरण प्रक्रिया, निर्णयको पारदर्शिता तथा सार्वजनिक रूपमा उठेका प्रश्न र मिलेमतोको आरोपबारे छानबिन गर्ने छ । सामाजिक, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा बनेको समितिमा खेलकुद महाशाखाका धनश्याम पौडेल र नारायण बास्तोला सदस्य छन् ।

सामाजिक, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मुख्यमन्त्रीको निर्देशनमा छानबिन समिति गठन गरिएको बताइन् । मन्त्री गुरुङले समितिलाई निश्चित समयसीमा तोकिए पनि जति सक्दो छिटो छानबिन पूरा गरेर प्रतिवेदन दिन आग्रह गरिएको सुनाइन् ।

‘हामीले यति समय भनेका त छैनौं तर जति सक्दो चाडो यो विवादलाई टुंग्याउन भनेका छौं । पदक वितरणपछि आएको विवादको वास्तविकता जान्नका लागि छानबिन समिति बनाएका हौं,’ उनले भनिन् ।

समितिका संयोजक शेषनारायण पौडेलले सार्वजनिक रूपमा उठेका मिलेमतोसम्बन्धी विषय र प्रक्रियाबारे छानबिन गरिने जनाए । उनले समितिले २९ गतेभित्र प्रतिवेदन बुझाउने जानकारी दिए । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेश खेलकुद पदक कार्यविधिविपरीत आफूखुसी वितरण गरेका प्रमाणहरु बाहिरिउका छन् ।

बजेटका कारण मन्त्री–सदस्य सचिव मतभेद
खेलकुद मन्त्री गुरुङ र परिषद्का सदस्य सचिव शर्माबीच बजेटको विषयलाई लिएर मतभेद भएको खुलेको छ । गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरूले परिषदमार्फत् नभई सोझै जिल्लामै बजेट दिन आग्रह गरेपछि कतिपय परिषदका योजना कटौती भएका थिए ।

यस पटक परिषदमा बजेट कम परेपछि सदस्य सचिव शर्माले राजीनामा दिने घुर्की दिएका थिए । मन्त्री गुरुङले राजीनामा दिन कुनै दबाब नदिएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->