मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

यु १८ उपाधि शाश्वतलाई

यु १८ उपाधि शाश्वतलाई


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

पोखरा/गण्डकी प्रदेश टेनिस संघको आयोजनामा पोखरामा भएको प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु १८ ब्वाईज सिंगलको उपाधि शाश्वत बज्राचार्यले जितेका छन् । सोमबार पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दीप विकलाई ६–१,६–१ को सहज सेटमा पराजित गर्दै शाश्वतले सो उपाधि जितेका हुन् ।

यु–१४ ब्वाइज सिंगल उपाधि आर्यषराज पौडेलले जितेका छन् । उनले अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका थिए । यस्तै, यु १६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक च्याम्पियन बने । फाइनलमा उनले आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गरेका थिए ।

गल्र्सतर्फ यु–१२ र यु–१० दुर्वतर्फको उपाधि निम्ति कुँवरले जितेकी छन् । यु ८ गल्र्स सिंगल्समा वाणी राजभण्डारी प्रथम तथा निवेदी सुनार द्वितीय भइन् । यु १२ ब्वाइज सिंगल्समा सहंस बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै प्रथम हुन सफल भए । यु ९ ब्वाइज सिंगल्समा सवज्र्ञजंग खत्री प्रथम तथा सोनम टी घले द्वितीय भए ।

विजयी खेलाडीलाई समापन समारोहका पोखरा कलेज अफ म्यानेज्मेन्टकी प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोकगुरुङ लगायतले आकर्षक गिफ्ट ह्म्परसहित मेडल, प्रमाण–पत्र प्रदान गरे । सो अवसरमा कलेज प्राचार्य श्रेष्ठले पोखरा कलेज अफ म्यानेज्मेन्टले विगत २५ वर्षदेखि व्यवस्थापनको क्षेत्रका पढनपाठनसँगै युवा लक्षित विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।

कलेजले खेलकुदको पाटोलाई पनि महत्व दिँदै आएको उनको भनाइथियो ।आयोजक समितिका अध्यक्ष समेत रहेका कलेजका अध्यक्ष विनोद कायस्थले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->