बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

सेन्ट फ्रान्सिसलाई उपाधि

सेन्ट फ्रान्सिसलाई उपाधि


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८३, बुधबार

पोखरा/दौतरी समूह रामबजारको आयोजनामा सञ्चालित दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सेन्ट फ्रान्सिस स्कुलले जितेको छ । सेन्ट फ्रान्सिसले नगद ५५ हजार ५ सय ५५, सिल्ड, मेडल र प्रमाणपत्र पाएको हो ।

उपविजेता बालोदय सेकेन्डरी स्कुलले नगद ३३ हजार ३ सय ३३ र उत्कृष्ट खेल प्रदर्शन गर्ने कालिका माविले फेयर प्लेको उपाधिसँगै नगद ११ हजार १ सय ११, प्रमाणपत्र र सिल्ड पाए । प्रतियोगितामा सेन्ट फ्रान्सिसका दीपक तामाङले हाइ स्कोररको उपाधि हात पारे । सेन्ट फ्रान्सिसकै प्रकाश पुन मगर बेस्ट गोल किपर र बालोदयका विकलेस बल थापाले बेस्ट प्लेयर बने । सो अवसमार नेपाली फुटबल तथा खेलकुद क्षेत्रमा योगदान फुटबल प्रशिक्षक खेमबहादुर गुरुङ र शम्भु केसीलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->