आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

आहारारा गोल्ड कपबाट सवा ३ लाख बचत

आहारारा गोल्ड कपबाट सवा ३ लाख बचत


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८३, शनिबार
फाइल तस्बिर

पोखरा/गत फागुनमा पोखरामा भएको २५औँ संस्करणको आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार ८ सय ३९ रुपियाँ बचत भएको छ। आयोजक सहारा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको हो ।

प्रतियोगितासंयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपियाँ आम्दानी भएकोमा १ करोड ३० लाख एक हजार ६ सय ४६ रुपियाँ खर्च भएको जानकारी दिए ।

आहारारा गोल्ड कपको मुख्य प्रायोजक हिमश्री फुड्सले ३० लाख १८ हजार, प्रदेश खेलकुद परिषद्ले १० लाख, पोखरा महानगरपालिकाले १० लाख र सहारा हङकङले ५ लाख रुपियाँ सहयोग गरेको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । टिकटबाट आठ लाख ३३ हजार पाँच सय रुपियाँ आम्दानी भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्ले विनियोजन गरेको १० लाख रुपियाँ भने प्राप्त हुन बाँकी छ । प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लबले पोखरा–१७, दोबिल्लामा रहेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ ।

गएको माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन ९ गतेसम्म प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->