आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३
  • ४ असोज २०८३ , आइतबार
  • September 20 2026

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट


  • ढाेरपाटन संवाददाता
  • भाद्र २७ २०८३, शनिबार
KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं/युएईलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको विजेता बनेको छ । यो जितसंगै नेपाल एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २ सय ६९ रनमा अलआउट भयो । यूएईका लागि राहुल चोपराले अविजित शतक बनाएपनि पर्याप्त हुन सकेन । तनिश सुरीले ४२ रन बनाए । कप्तान हरप्रित भाटियाले ३३ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

त्यसअघि वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रनको बलियो योगफल खडा गरेको थियो । आसिफ शेखले १ सय ६ बलमा ८ चौका र ४ छक्कासहित १ सय २ रन बनाए । गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->