पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी (एनएसजेएफ)ले प्रथम गण्डकी प्रदेशस्तरीय मिडिया कप उपाधि जितेको छ । कल्प मिडिया मल्टिपर्पोज प्रालिको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल फाइनलमा नेपाल पत्रकार महासंघ बागलुङलाई २–० ले हराउँदै एनएसजेएफले उपाधि जितको हो ।
एनएसजेएफले नगदा ५० हजार पाउँदा उपविजेता बनेको बागलुङले ३० हजार पायो । खेलको सुरुवातमै बागलुङका रोहन जिसीको प्रहारलाई एनएसजेएफका गोलरक्षक विजय नेपालीले बचाउ गरे । पहिलो मिनेटमा एनएसफ जेएफका परिवेश पोखरलेको प्रहार बाहिरियो ।
खेलको दोस्रो मिनेटमा बागलुङका अर्जुन कार्कीले गोललाइनबाट आएको बललाई नियन्त्रणमा लिदैँ वान भर्सेस वानको स्थितिमा गोरक्षक नेपाली पुनः बाधक बने । तेस्रो मिनेटमा रोहनले गरेको शसक्त प्रहारमा नेपाली पुनः बाधक बन्दा बागलुङ अग्रता लिनबाट चुक्यो ।
१३ औं मिनेटमा एनएस जेएफका लागि परिवेश पोखरेलले सुरुवाती अग्रता दिलाए । राकेश गुरुङको पासमा परिवेशले बल अघि बढाउँदै गरेको प्रहारले जाली चम्यो । पहिलो हाफ १–० आफ्नो पक्षमा पारेको एनएसजेएफले दोस्रो हाफमा थप एक गोल ग¥यो ।
२५ औं मिनेटमा अर्जुन गाहको गोलमा एनएस जेएफले अग्रता दोब्बर पा¥यो । ब्याकसाइडबाट कप्तान वसन्त शेर्पाले रोहनलाई बिट गर्दै परिवेशलाई पास दिएका थिए । परिवेशले अर्जुनलाई दिएको पासमा उनले गोल गरे । प्रतियोगितामा बागलुङका रोहन जिसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । एनएसजेएफका धनबहादुर गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
प्रतियोगिता गण्डकी प्रदेशभित्र रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई समेत खेलकुदमा आवद्ध गराउने उदेश्यका साथ आयोजना गरिएको प्रालिका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।





