बागलुङ/लोकभाकामा आफ्नै माटोको सुगन्ध हुन्छ । शब्दमा गाउँको जीवन बोल्छ, धुनमा मौलिकता झल्किन्छ र स्वरले भावनालाई श्रोता–दर्शकसम्म पु¥याउँछ । यही मौलिकताको मिठास बोकेर नेपाली सांगीतिक आकाशमा नयाँ गीत ‘फूलकुमारी’ आएको छ ।
गायक तथा सर्जक बसन्त थापाको शब्द, संगीत र स्वरमा तयार भएको ‘फूलकुमारी’ केवल एउटा गीत मात्र नभई लोकसंगीतको स्वादमा प्रेम र भावनालाई प्रस्तुत गर्ने सांगीतिक प्रयास हो । गीतको शब्द र धुनमा थापाको सिर्जनात्मक पहिचान झल्किन्छ ।
गीतको भिडियोमा स्वयं बसन्त थापा र शिल्पा पोखरेलको अभिनय रहेको छ । पर्दामा देखिने पात्रहरूको भावभंङ्गीमा, गीतको लय र दृश्य संयोजनले ‘फूलकुमारी’लाई श्रव्यसँगै दृश्यात्मक अनुभूति दिने प्रयास गरेको छ ।
गीतको एरेञ्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ आकाश नेपालीले गरेका छन् । यानिमाया (तराना) कालिका रोका मगरको कोरस स्वरले गीतमा थप सांगीतिक रंग भरेको छ । रेकर्डिङ स्काई म्युजिक स्टुडियोमा गरिएको हो ।
भिडियोलाई नवराज उप्रेतीको छायांकनले दृश्यात्मक रूप दिएको छ । मिलन विश्वकर्माले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने एकेन्द्र सारंशंकरको निर्देशन तथा कोरियोग्राफीमा भिडियो तयार भएको हो । ड्रागन पिक्चरले भिजुअल सम्पादन गरेको छ ।
‘फूलकुमारी’मा लोकसंगीतको परम्परागत स्वादलाई आधुनिक भिडियो प्रस्तुतीसँग जोड्ने प्रयत्न देखिन्छ । गीतको भाव, कलाकारको अभिनय र दृश्यको संयोजनले दर्शकलाई गीत सुन्ने मात्र होइन, त्यसको भावनाभित्र पस्ने अवसर दिन खोजेको छ ।
अभ्यास डिजिटलको प्रस्तुतिमा रहेको ‘फूलकुमारी’ बसन्त थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लोकभाकाको मिठासमा प्रेमको भाव खोज्दै तयार गरिएको ‘फूलकुमारी’ नेपाली संगीतप्रेमीका लागि नयाँ सांगीतिक प्रस्तुति बनेर आएको छ ।





