शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

मंसिर १४ गतेदेखि बेनीमा जेसीज कप फुटबल हुने

मंसिर १४ गतेदेखि बेनीमा जेसीज कप फुटबल हुने


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८३, शुक्रबार

म्याग्दी/अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको २४ औँ संस्करण आगामी मंसिर १४ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।

म्याग्दी जेसीजको आयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न आयोजकले विभिन्न २० वटा उपसमिति गठन गरी तयारी अघि बढाएको छ। म्याग्दी जेसीजका कोषाध्यक्ष प्रतिश श्रेष्ठको मूल संयोजकत्वमा प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएको शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्माले जानकारी दिए ।

एभरेस्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित ३५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राइजिङ प्लेयर, उत्कृष्ट प्रशिक्षक र अनुशासित टोलीलाई जनही दुई हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने मूल संयोजक प्रतिश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै टोलीलाई पुरस्कृत गरिनेछ । फाइनल पुग्ने टोलीले मात्र पुरस्कार पाउने नभई सेमिफाइनलबाट बाहिरिने दुई टोलीलाई समेत पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि सात लाख ७४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->