शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३
  • ५ मंसिर २०८३ , शनिबार
  • November 21 2026

महिला कबड्डीलाई कास्य पदक

महिला कबड्डीलाई कास्य पदक


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८३, शुक्रबार

काठमाडौं/२० औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ ले पराजित भएको हो ।

पहिलो हाफमा ३१–१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७–७ को जित निकाल्यो । नेपाली टोली गत संस्करणको १९औं एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो ।

नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->