मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

काँग्रेसको पर्वत जिल्ला अधिवशेन १४ र १५ गते

काँग्रेसको पर्वत जिल्ला अधिवशेन १४ र १५ गते


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८३, मंगलबार

पर्वत/वर्षाका कारण प्रभावित बनेको नेपाली काँग्रेसको पर्वत जिल्ला अन्तर्गतको महाधिवेशनका कार्यक्रम असोज १४ र १५ गते हुने भएका छन् । १५ औँ महाधिवेशन, जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै पर्वत जिल्ला अन्तर्गत प्रदेश सभा (क) र (ख) को क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि निर्वाचन र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन २ दिनमा पूरा गरिने जनाएको छ ।

असोजका १२ र १३ गते सम्पन्न गर्ने गरी केन्द्रीय रूपमा नै तालिका बनेको भए पनि मौसम आएको परिवर्तनले पर्वत जिल्ला पनि प्रभावित बनेपछि महाधिवेशनका कार्यक्रम पछाडि धकेलिएका हुन् । असोज १४ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु गरेर असोज १५ मा निर्वाचन परिणाम घोषणा गर्ने गरी निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका बनाएको छ ।

असोज १४ गते बिहान बिहान साढे ७ बजेबाट मतदाताको प्रथम नामावली प्रकाशन गरेर प्रक्रिया सुरु गरिने छ । सोही दिनमा मतदाता नामावली उपर दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन, मनोनयन पत्र वितरण तथा उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारको नामावलीउपर दाबी विरोध तथा फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्य तालिका छ ।

असोज १५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने र लगत्तै गणना तथा मत परिणाम घोषणाको कार्य तालिका छ । निर्वाचन हुने सबै पदको मनोनयन दर्ता होटेल वन्दनाको पार्टी प्यालेसमा हुने भए पनि प्रदेश सभा क्षेत्रीय कार्यसमिति (क) को मतदान सोही पार्टी प्यालेसमा र प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) को मतदान युनिभर्सल पार्टी प्यालेसमा गराउने गरी तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->