शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

गण्डकीले भुटानलाई हरायो

गण्डकीले भुटानलाई हरायो


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८३, बुधबार

पोखरा/भुटानको राष्ट्रिय पुरुष टिमलाई गण्डकी प्रदेशको टिमले ८ विकेटले हराएको छ । आइसिसी पुरुष टी २० विश्वकप एसिया सब–रिजनल छनोट ‘ए’ अघि अभ्यास खेलका लागि पोखरा आएको टोलीलाई पहिलो खेलमा गण्डकीले सहजै हराएको हो ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा ९७ रनको विजयी लक्ष्य पाएको गण्डकीले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो । गण्डकीका लागि ईश्वर क्षेत्रीले ३४ रनको अविजित पारी खेले । उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै, दीपक डुम्रेले २६ रनको अविजित योगदान दिए ।

उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर अर्जुन कुमाल २२ रनमा आउट भए । उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे । भुटानका लागि सोनम यासे र नाम्गे तिन्लेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले ९६ रनमात्रै जोड्न सक्यो । भुटानका लागि सोनम छोप्ले र रन्जुंग छोजेंले समान २७ तथा ओपनर नाम्गे तिन्लेले १६ बाहेक आन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । गण्डकीका स्पिनर हाबी हुँदा भुटान खेलमा निरीह देखियो ।

गण्डकीका लागि सुवास भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । यस्तै, अपराजित पौडेलले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ३ विकेट लिए । विपिन खत्री, सुदीप अर्याल र सिब्रीन श्रेष्ठले समान १ विकेट लिए ।

भुटानले अब ३ म्याच खेल्ने छ । बुधबार गण्डकीसँग दोस्रो खेल खेल्नेछ भने त्यसपछि क्यान ११ सँग खेल्ने छ । यो सिरिजले गण्डकीको क्रिकेटलाई ठूलो योगदान दिएको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->