शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

भुटानमाथि गण्डकीको दोस्रो जित

भुटानमाथि गण्डकीको दोस्रो जित


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०८३, बिहिबार

फाइल तस्बिर
पोखरा/आइसिसी विश्वकप छनोटअघि अभ्यास खेलका लागि पोखरा आएको भुटानी क्रिकेट टोली दोस्रो खेलमा समेत हार व्यहोरेको छ । बुधबार गण्डकी प्रदेशसँगको दोस्रो खेलमा ६४ रनको हार व्यहोरेको हो ।

१ सय ९७ रनको विजयी लक्ष्य पाएको भुटान १७ ओभर ४ बलमा १ सय ३२ रन बनाउँदै अल आउट हुन पुग्यो । भुटानका लागि सोनाम चोपेलले सर्वाधिक ४३ रनको योगदान दिए पनि जितका लागि पर्याप्त रहेन । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । ताशी दोर्जीले ३१ रन जोडे ।

उनले ११ बलमा २ चौका र ३ छक्का प्रहार गरे । तेन्जिन राब्गेले २० बलमा ३ चौका प्रहार गर्दै २१ रन जोडे । नामगाङ चोजेले ६, नाम्गे थिन्लेले १, रञ्जुङ मिक्यो दोर्जीले २, थिन्ले जम्त्सोले १७, तासी चोपेलले ४ रनको योगदान दिँदा गाकुल कुमार घाले र ताशी फुन्छोले कुनै पनि रन बनाउन सकेनन् । सोनाम येशे एक रनमा अविजित रहे ।

गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए । उनले ३ ओभर ४ बलमा २२ रन खर्चिए । दीपककुमार डुम्रेले ३ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । सिव्रिन श्रेष्ठले २ र सन्दीप खत्री क्षेत्रीले १ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । गण्डकीका लागि सिव्रिन र करण पंगेनीले ८८ रनको उत्कृष्ट साझेदारी गरे । सिव्रिनले २४ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४५ रन बनाए । करणले २७ बलमा १ चौका र ५ छक्काको मद्धतमा ४५ रन बनाए । सन्दीपले ९ बलमा ३० रन जोड्दै नटआउट रहे । अभिषेक थापा २ रनमा नटआउट रहे । ओपनर अर्जुन कुमाल २, मुस्कान थापामगर २१, समीर कँडेल १, दीपक डुम्रे १९ र रोहित चन्द २० रनमा आउट भए ।

भुटानका लागि थिन्ले जम्त्सोले २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । सोनाम येशेले २ र नाम्गे थिन्लेले १ विकेट लिए । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा गण्डकीले भुटानलाई ८ विकेटले पराजित गरेको थियो । टी–२० विश्वकपको उपक्षेत्रीय छनोटको तयारीका लागि नेपाल आएको भुटानले अब क्यान–११ सँग २ अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->