आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३
  • १८ असोज २०८३ , आइतबार
  • October 4 2026

बिदा पर्यटन र गन्तव्य विकास

बिदा पर्यटन र गन्तव्य विकास

मुख्य कुरा पर्यटकीय गन्तब्यहरुको पहिचानले मात्रै केही हुने हैन । ती गन्तब्यहरुको प्रचार हुनुपर्छ । प्रचारले पर्यटनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरालाई केन्द्रमा राखिनुपर्छ ।


  • Dhorpatan News
  • असोज १८ २०८३, आइतबार

पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा पर्यटन वर्षको औपचारिक समापन भएको छैन । यसै पनि पर्यटन आवगमन,आतित्यथा र आगमन नियमित हुनुपछ्र्र । यसलाई कुनै पर्व वा विपत्तिले अवरोध सिर्जना गराइनु हुँदैन । नेपाल सरकारले चालु वर्षको बजेट वक्तव्य र नीति तथा कार्यक्रममार्फत् नै पर्यटन वर्ष मनाउने उद्घोष गरेको छ । सरकारले सदनमा पेश गरेको बहुप्रतिक्षित निजामती कर्मचारी विधेयकमा बिदा पर्यटन समावेश गर्दै पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा स्वीकारेको छ । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटन उद्योग फस्टाएको छ भने नेपालीहरुको घुम्ने बानी विकास भएको छ । पोखरा र आसपासमात्र नभएर देशका अन्य भागमा पनि पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ । कर्मचारीमा पनि घुम्ने बानीको विकास भएको छ । गण्डकी प्रदेश सरकारले यसअघि नै बिदा पर्यटन कार्यान्वयनमा ल्याएको छ । दुई दिने बिदाले बिदा पर्यटनलाई झन प्रोत्साहित गरेको छ । पोखरा एयरपोर्टबाट दुबई सिधा उडान भएपछि चाहीँ पोखरासहित यो प्रदेश नै आन्तरिक र बाह्य पर्यटकले अझ गुलजार हुने आशा पलाएको छ ।

पोखराले दैनिक ५० हजारको हाराहारीमा पर्यटक धान्ने हैसियत राख्छ । पोखरा यो क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य पनि हो । तर, गण्डकी प्रदेश भनेको पोखरा मात्रै होइन । पोखरासहित यो क्षेत्रका सबै पर्यटकीय गन्तब्यहरुको विकासले मात्रै पर्यटनबाट यहाँका जनताले समुचित लाभ लिन सक्छन् । पर्यटनबाट हुने आम्दानी सीमान्तकृत वर्ग, दूरदराजका गाउँहरुमा पु¥याउन सकेमात्र पर्यटनबाट दीगो विकास लक्ष्यमा केही योगदान प्राप्त हुन्छ । त्यसको लागि सरकारले तत्काल र दीर्घकालको लागि रणनीतिक योजनाहरु बनाउनुपर्छ । यतिबेला गाउँगाउँमा पर्यटनप्रति जागरण आएको छ । गाउँलेहरुले ऋणधन गरेर होमस्टेमा लगानी गरेका छन् । लगानी गरेपछि प्रतिफलको आशा हुन्छ । त्यसको लागि गाउँमा पर्यटक पुग्नुपर्छ । सरकारले अब गाउँगाउँसम्म पर्यटक कसरी पु¥याउने भन्नेबारे योजनागत रुपले काम थाल्नुपर्छ । गाउँलेहरुले पर्यटनबाट लाभ लिन सके भने सहर झर्ने क्रम घट्छ । हुलका हुल युवाहरुको विदेश पलायन पनि रोकिन्छ । गाउँमै रोजगारी सृजना हुन्छ । यसको लागि गाउँसम्म पुग्ने पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्छ । गाउँसम्म पुग्ने पूर्वाधार, पदयात्रा मार्ग निर्माणलगायतका क्षेत्रमा सरकारले नै ध्यान दिनुपर्छ । मुख्य कुरा पर्यटकीय गन्तब्यहरुको पहिचानले मात्रै केही हुने हैन । ती गन्तब्यहरुको प्रचार हुनुपर्छ । प्रचारले पर्यटनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरालाई केन्द्रमा राखिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->