काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा दशैंको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन्...