आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भ्यालेन्टाइन्स डेलाई ‘रोमान्टिक छु…’

भ्यालेन्टाइन्स डेलाई ‘रोमान्टिक छु…’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७५, बुधबार

‘पिरिम नलाउने…’ गीतले चर्चा पाएपछि गायक आशिष सचिन मख्ख छन् । छोटो समयमै युट्युबमा यो गीतको भ्युअर्स झन्डै तीन करोडको हाराहारी पुगेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर उनले भने मंगलबार नयाँ गीत ‘रोमान्टिक छु…’ सार्वजनिक गरेका छन् । यसपटक आशिषलाई अञ्जु पन्तले गायनमा साथ दिएकी छन् । ‘केही महिना नबित्दै ‘पिरिम नलाउने…’बाट राम्रो रेस्पोन्स पाएपछि नयाँ सिर्जनातिर लाग्ने प्रेरणा मिलेको हो,’ आशिषले भने, ‘अहिले पनि यो गीतमा दिनहुँ अढाई लाख भ्युअर्स थपिरहेका छन् ।’ नयाँ गीत ‘रोमान्टिक छु…’ भने नृत्यपरक र युगल छ । युवाहरूको प्रेममा केन्द्रित भएकोले नयाँ गीतबाट झन् बढी रेस्पोन्स आउनेप्रति उनले आशा प्रकट गरे । यो गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् भने गीत रचना नृपेश उप्रेतीले गरेका छन् । सुव्रतराज आचार्यद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिन स्वयंले नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् । भिडियोलाई आरोही गौतमले प्रस्तुत गरेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->