बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रियंकाले आशीषलाई ‘रोमान्टिक छु’ भनेपछि.. (भिडियो)

प्रियंकाले आशीषलाई ‘रोमान्टिक छु’ भनेपछि.. (भिडियो)


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७५, बुधबार

बागलुङ, १ फागुन – नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्की अभिनित गायक आशीष गौतम सचिनको नयाँ गीत ‘रोमान्टिक छु’ को म्युजिक भिडियो सार्वजनिक भएको हो। भिडियोमा नायिका कार्कीलाई भिजु पार्कीले साथ दिएका छन्। गीतमा आशीष र अञ्जु पन्तको स्वर समेटिएको छ। नृपेश उप्रेतीले रचना गरेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन्। उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन भरत दाहालले गरेका हुन्। पिरिम नलाउने बोलको गीतलाई करिब ३ करोड दर्शकले माया दिएसँगै उत्साहित बनेका गायक आशिषले नयाँ नृत्य गीतलाई दर्शकले  रुचाउनेमा विश्वाास गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->