आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

राष्ट्रिय भजन प्रतियोगितामा जैमिनी संकृतन समुह प्रथम

राष्ट्रिय भजन प्रतियोगितामा जैमिनी संकृतन समुह प्रथम


  • Dhorpatan News
  • फाल्गुन २० २०७५, सोमबार

बागलुङ, २० फागुन – महाशिवरात्रीको अवसरमा बागलुङको काठेखोला गाउँपालिका–५ विहुँमा आयोजना गरिएको राष्ट्रिय खुल्ला लोक भजन प्रतियोगिताको उपाधि जैमिनी संकृतन समुह जैमिनी नगरपालिकाले जितेको छ । विहुँकोट खेलकुद तथा सामाजिक विकास केन्द्र विहुँले आयोजना गरेको प्रतियोगतामा पार्वति गुफा भजन कृतन समुह कुश्मा द्धितिय, अमर माध्यमिक विद्यालय विहुँ तृतीय र शिव मन्दिर भजन जैमिनी नगरपालिकाले सान्तवना स्थान हासिल गरेका छन् । प्रतियोगितामो प्रथम, द्धितिय, तृतीय र सान्तोना हुने समुहहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । महाशिवरात्रीको अवसरमा जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा रहको ऐतिहासिक रामकोट मन्दिरमा प्रतियोगिताको आयोजना गरिएको थियो । रामकोट मन्दिर जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल भएपनि पर्यटकहरुको आगमन कम भएकाले धार्मिक पर्यटक बढाउनको लागि पनि भजन आयोजना गरिएको आयोजक विहुँकोट खेलकुद तथा सामाजिक विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कंडेलले बताए । प्रतियोगितामा बागलुङ, पर्वत र म्याग्दीका १५ समुहले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->