आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भीमापोखरामा पुष्पाञ्जलीको शिवरात्री मेला

भीमापोखरामा पुष्पाञ्जलीको शिवरात्री मेला


  • Dhorpatan News
  • फाल्गुन २० २०७५, सोमबार

बागलुङ, २० फागुन – पुष्पाञ्जली ग्रामिण विकास केन्द्र काठेखोला गाउँपालिका–२, भीमापोखराले आयोजना गरेको महा–शिवरात्री मेला–२०७५ सोमबार सम्पन्न भएको छ । मेलामा बोल्दै प्रतिनिधिसभा सदस्य सुर्य पाठकले देश अहिले आर्थिक समृद्धिको बाटो तर्फ लागेको बताए । देशलाई आर्थिक समृद्धि गराउने उद्देश्यले सरकारले काम गरेको उनको दावी थियो ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, नेकपाका प्रदेश कमिटि सदस्य हिरा बहादुर केसी, काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनवहादुर परियार, नेकपाका जिल्ला संयन्त्र सदस्य लाल बहादुर थापा, शिक्षक गंगाकुमारी गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
क्लबका अध्यक्ष विक्रम शर्माको अध्यक्षतामा सम्पन्न मुल समारोहको स्वागत संस्थापक अध्यक्ष प्रेमबहादुर केसी र संचालन सचिव धन बहादुर थापाले गर्नुभएको थियो । मेलाको अबसरमा केन्द्रले आयोजना गरेको खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रगतिशिल युवा क्लब भीमापोखराले जितेको छ । फाइनल खेलमा विवाईसी बागलुङलाई पराजित गर्दै प्रगतिशिलले उपाधि जितेको हो । उक्त अवसरमा केन्द्रको आयोजना र रोटरी क्लब बागलुङको सहयोगमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाले सेवा लिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->