बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चलचित्र विकास बोर्डको अध्यक्ष केशव भट्टराई

चलचित्र विकास बोर्डको अध्यक्ष केशव भट्टराई


  • Dhorpatan News
  • चैत्र ७ २०७५, बिहिबार

काठमाडौं, ७ चैत – सरकारले चलचित्र निर्माता तथा अभिनेता केशव भट्टराईलाई नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको जानकारी दिए। निकिता पौडेलले माघ २२ गते बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि उक्त पद खाली थियो। ‘पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु’, भट्टराईले भने, ‘सम्पूर्ण फिल्मकर्मीको साथले बोर्ड अध्यक्षमा नियुक्त भएँ । फिल्म क्षेत्रको हित गर्ने काम गर्न कटिवद्ध भएर लाग्नेछु। उनले शुक्रबार कार्यभार ग्रहण गर्नेछन् । केशवले निर्माण गरेको चलचित्र यात्रा चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->