बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘पोखरामा प्रमोद खरेल’लाई टार्गेट इन्टरनेशनलको साथ

‘पोखरामा प्रमोद खरेल’लाई टार्गेट इन्टरनेशनलको साथ


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७५, शनिबार

पोखरा , ९ चैत – चर्चित गायक प्रमोद खरेल सांगितिक कार्यक्रमका साथ पोखरा आउने भएका छन् । उनले चैत २२ गते यहाँको सभागृमा आफ्ना गीत प्रस्तुत गर्दैछन् । ‘पोखरामा प्रमोद खरेल’ नाम दिइएको सो कार्यक्रमलाई शैक्षिक परामर्श केन्द्र टार्गेट इन्टरनेशनल एजुकेशनले ‘प्रोमोटेड बाइ’ टाइटलमा सहकार्य गर्ने भएको छ । पोखरामा हुने कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको कम्पनी बार्दली मिडिया प्रालिसँग टार्गेट इन्टरनेशनलले यो सम्झौता गरेको हो ।

टार्गेट इन्टरनेशनल एजुकेशनको तर्फबाट प्रबन्ध निर्देशक भुवन क्षेत्री र बार्दली मिडियाको तर्फबाट मनकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ‘व्यवसायमात्रै नभएर हामी सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि छौँ’, क्षेत्रीले भने,‘ त्यसैले पोखरामा प्रमोद खरेल इभेन्टसँग हामी जोडिएका हौँ ।’
उनले आफू पनि व्यक्तिगत रुपमा साहित्यिक र साँगीतिक फाँटसँग नजिक भएकोले यो सम्झौता अझै सहज भएको बताए । आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक कार्यक्रमहरुमा टार्गेटको उपस्थिती रहिरहने उनले विश्वास दिलाए ।
यस्तै बार्दली मिडियाका प्रतिनीधि मनकुमार श्रेष्ठले यो सहकार्यले आफूहरुलाई कार्यक्रम सफल बनाउन अझै बढि सहयोग मिलेको प्रतिक्रिया दिए । ‘पोखरामा हामीले प्रमोद खरेलको एउटा ऐतिहासिक कार्यक्रम गर्दैछौँ । र, यो कार्यक्रमका लागि पोखरेलीहरुको यस्तै साथ र सहयोगको हामीलाई खाँचो छ ।’ श्रेष्ठले भने ।
टार्गेट इन्टरनेशनल एजुकेशनले ७ वर्षदेखि पोखरामा रहेर वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । यो केन्द्रमा विद्यार्थीहरुले उचित परामर्श पाउनुका साथै वैदेशिक अध्ययनका लागि आवश्यक प्रोसेसिङको सुविधा पनि पाउँछन् । त्यस्तै यो शैक्षिक परामर्श केन्द्रमा वैदेशिक अध्ययनका लागि आवश्यक तयारी कक्षाहरु पनि संचालन हुँदै आएको छ ।
एभिन्यू ग्रुप अफ कमर्शको आयोजना हुने यो कार्यक्रममा मनिटरिङ पिस फाउन्डेशनले सहआयोजकको रुपमा सहकार्य गरेको छ । कार्यक्रमको तयारीलाई यतिबेला तीव्र पारिएको यसको व्यवस्थापनको जिम्मा पाएको कम्पनी बार्दली मिडियाका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->