काठमाडौं – आईईसी कलेज अफ आर्ट एन्ड फेसनले राजधानीमा हालै ‘आइसी डिजाइनर्स रनवे ८’ नामक फेशन शोको आयोजना गरेको छ। शोमा आइइसीमा अध्ययनरत ५२ जना विद्यार्थीले तयार पारेका पहिरनहरू लगाएर मोडलहरू -याम्पमा उत्रिएका थिए। जिन्स र ढाकालाई फ्युजन गराएर तयार गरिएका डिजाइनर्स डेस्रहरूले सबैको ध्यान तानेको थियो। शोमा पूर्व ‘मिस नेपाल’ अस्मी श्रेष्ठ, करूणा श्रेष्ठ र दिक्पाल कार्की लगायत मोडलहरू डिजाइनरको पहिरनमा -याम्पमा देखिएका थिए।फेसन डिजाइनरहरू पेम्बा शेर्पा, सागर बुढामगर, निशा राई र ममता मगरलगायतले विभिन्न थिममा पहिरन तयार गरेका थिए। बजार प्रवद्र्धनका लागि शोकोे आयोजना गरिएको कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन्। ‘नेपाली बजारमा दक्ष डिजाइनर्सहरूले तयार गरेको ड्रेसहरू प्रवद्र्धन गर्नका लागि शोको आयोजना गरेका हौं’, उनले भनिन्।





