सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

माविको प्रअ हुन एमफिल, आधारभूत तहका लागि स्नातकोत्तर

माविको प्रअ हुन एमफिल, आधारभूत तहका लागि स्नातकोत्तर


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७५, मंगलबार
काठमाडौं ,१२ चैत- माध्यमिक तहको विद्यालयमा प्रधानाध्यापक हुन कम्तीमा एमफिल उतीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी आधारभूत तहको विद्यालयको प्रधानाध्यापक हुन स्नातकोत्तर गरेको हुनुपर्नेछ ।
संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको शिक्षा उपसमितिले प्रधानाध्यापकको शैक्षिक योग्यतामा फेरबदलको प्रस्ताव गर्दै मूल समितिमा मंगलबार प्रतिवेदन पेश गरेको छ ।
उपसमितिका संयोजक उमेश श्रेष्ठले सार्वजनिक विद्यालयको सुधारका लागि यो प्रतिवेदनले गरेको सिफारिस उपयोगी हुने बताए ।नेपालको ८० प्रतिशत विद्यालय राम्रो नभएकाले त्यसको सुधारका लागि यो प्रतिवेदन उपयोगी हुनेछ श्रेष्ठले बताए।
 
प्रावि तहका लागि एसएलसी,आधारभुतका लागि प्रविणता प्रमाणपत्र तह (आईए वा सो सरह) र मावि तहका लागि स्नातक तह उतीर्ण शिक्षक प्रधानाध्यापक हुदै आएका छन् ।
 
उपसमितिको प्रतिवेदनमा प्रधानाध्यापलाई करार सेवामा नियुक्त गरेर हरेक पाँच वर्षमा करार नवीकरण गर्नुपर्ने प्रस्ताव छ । त्यसैगरी नियुक्त प्रधानाध्यापक व्यवस्थापन समितिप्रति, व्यवस्थापन समिति स्थानीय सरकारप्रति र शिक्षकहरु प्रध्यानाध्यापकप्रति उत्तरदायी हुनुपर्ने प्रस्ताव गरिएको छ ।
 
शिक्षक सेवा आयोगबाट छनोट भएकाहरुलाई शिक्षक नियुक्त गर्ने, प्रत्येक शिक्षकले अनिवार्य शिक्षण अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने र लाइसेन्स हरेक पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान राख्न प्रस्ताव गरिएको छ ।
 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->