स्याङ्जा, १४ चैत – गण्डकी प्रदेशमा पहिलो पटक विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालय स्थापना भएको छ । स्याङ्जाको गल्याङ १ स्थित मालुङ्गामा स्थापना गरिएको प्रदेश स्तरिय यो प्रयोगशाला कार्यालयको विहिवार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उदघाटन गरे । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले अबको लडाइ विकास र समृद्धिको भएको वताए । अधिकार प्राप्ती र राजनीतिक लडाइ सकिएकाले अबको लडाइ विकास र समृद्धिको भएको वताउदै गुरुङले विकास र समृद्धिको कार्यभार पुरा गर्नकै लागि जनताले कम्युनिष्ट पार्टीलाई जिताएकोले विकास गर्नै पर्ने अवस्थामा आफुहरु रहेको वताए ।
मुख्यमन्त्री गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सदै सहयोग गर्ने बताउदै प्रत्येक गाउँलाई आर्थिक केन्द्र नबनाएसम्म समृद्ध नेपालको निमार्ण गर्न नसकिने बताए । पौरख गर्न चाहाने किसानको लागि प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार छ, मुख्यमन्त्री गुरुङले भने, पाँच वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने योजनाका साथ प्रदेश सरकार काममा लागेको छ सरकारले अव जनताले काम देख्ने गरी काम गर्दछ । प्रदेश सरकारले कृषि र पर्यटनका माध्यमबाट जनतालाई बढि रोजगारी दिने अभियानका साथ अगाडी बढेको छ ।

स्याङ्जाको मालुङ्गामा स्थापना गरिएको यो कार्यालयले प्रदेश भित्रिने अखाद्यय वस्तुमा रोक लगाई गुणस्तरीय वस्तु मात्रै भित्रिने भएकोले आम जनताले स्वस्थ्य वस्तुको उपभोग गर्न पाउने मुख्य मन्त्री गुरुङले बताए ।
गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि एवं सहकारी मन्त्री लेख बहादुर थापाले मन्त्रालयले प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेशको बोडरमा कार्यालयको स्थापना गरिएको वताए । आजबाट सञ्चालनमा आएको सो कार्यालयमा कृषि र पशु गरी सात जना कर्मचारीको दरबन्दी रहेको मन्त्रालयले जनाएको छ । कार्यालयको स्थापना भएसंगै गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य्य पदार्थ परिक्षण भएर मात्रै भित्रिने भएका छन् ।





