
म्याग्दी, १५ चैत – म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण भएको चलचित्र शुभ–लभ चैत्र १५ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरु सहित देशका विभिन्न ठाउँमा छायांकलन गरिएको चलचित्र शुभलभ शुक्रवारदेखि म्यााग्दी सहित देशभर एकैसाथ पदर्शनमा आएको निर्माता सुवेदीले जानकारी दिए ।
वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र शुभ लभको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर, बेनपा– ४ स्थित तातोपानी कुण्ड र बेनपा– १ रत्नेचौरमा छायांकन समेत छायांकन गरिएको थियो ।
म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आएका निर्माता सुवेदी चलचित्र निर्माणको क्षेत्रमा पहिलो पटक प्रवेश गरेका हुन् । दर्शकसामु फरक शैलिको कथा बस्तुमा भरपूर्ण मनोरञ्जन दिने गरि चलचित्रलाई निर्माण गरिएको उनले बताए ।

प्रदीपकुमार उदयको प्रस्तुती र सन्तोषबाबु लोहनीको निर्देशनमा निर्माण भएको यस चलचित्रमा नायक हरिहर अधिकारी र नायीका क्रिस्टीन पौडेल मुख्य भुमिकामा छन् । नायीका पोडेल मिस टीन २०१७ हुन भने नायक अधिकारी युवा ज्योतीषको रुपमा परिचित छन् ।
यस चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदिप बास्तोला, राजा राजेन्द्र लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ भने डाक्टर सुर्या थापालाई सह–नायीकाको भुमिकामा देख्न सकिन्छ ।
प्रेम र हास्यप्रधान यस चलचित्रमा अर्जुन पोखरेलको संगित, रोशन भट्टराईको दन्द, रामजी लामीछानेको कोरीयोग्राफ रहेको छ भने चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका छन् । यस चलचित्रमा नायक समेत रहेका ज्योतिष अधिकारीको कथामा अभिमन्यू निरवीले पटकथा तथा संवाद लेखेका हुन् ।





