बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गायक राजेश वर्देवाको ‘जाऔ है बाग्लुङ जाऔ’

गायक राजेश वर्देवाको ‘जाऔ है बाग्लुङ जाऔ’


  • Dhorpatan News
  • चैत्र १७ २०७५, आइतबार

बागलुङ, १७ चैत – चैते दशैको अवसर पारेर गायक राजेश वर्देवाले नयाँ गीत बजारमा ल्याएका छन । बागलुङे कलाकार राजेशले ‘जाऔ है बाग्लुङ जाऔ’ बोलको गीत लिएर आएका हुन् । बागलुङको कालिका मन्दिरमा चैते दशैको अवसरमा ठूलो मेला लाग्दछ । गण्डकी प्रदेशको महत्वपूर्र्ण धार्मिक गन्तब्यको रुपमा रहेको बागलुङ कालिकामा लाग्ने चैतै दशैं मेलाको सन्दर्भ पारेर नयाँ गीत ‘जाऔ है बाग्लुङ जाऔ’ वोलको गीत सार्वजानिक गरिएको गायक राजेशले वताए । यो गीतमा स्वर राजेश बर्देवा र गायिका अमृता नेपालीको रहेको छ । शब्द राजु खड्काको रहेको छ भने संगित एरेन्ज स्वयम गायक बर्देवाको नै रहेको छ ।
यसभन्दा पूर्व चैते दशै मेलाको गीत गाएर चर्चित बनेका राजेशले यसपटक भने जाऔं है बागलुङ जाआंै बोलको गीत गाएका हुन् । जिल्लाको पहिचानलाई स्थापित गर्न र बागलुङका प्रशिद्ध धार्मिक स्थल बागलुङ कालिका र पञ्चकोटलाई प्रचार गर्ने उदेश्यका साथ गीत गाएको बर्देवाले वताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->