सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

उच्च अदालतको न्यायाधिशमा पोखराबाट सरला सिफारिस

उच्च अदालतको न्यायाधिशमा पोखराबाट सरला सिफारिस


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७५, मंगलबार

पोखरा,१९ चैत-न्याय परिषदले उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ जना, साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायधीश एक जना, जिल्ला न्यायाधीशबाट ६ जना र कानून ब्यवसायीमध्येबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हो । उच्च अदालतको न्यायधिश सिफारिस हुनेमा पोखरा उच्चबारकी सदस्य सरलाकुमारी पाण्डे समेत रहेकी छन् । सरल स्वभावकी पाण्डे बिगत २५ बर्ष देखि निरन्तर रुपमा कानुन् ब्यावसाय र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् । कानुन्मा स्नाकोत्तर गरेकी पाण्डेले असाहाय महिलाहरुलाई निशुल्क कानुनी सहायता प्रदान गरेकी थिईन् । न्याय क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै न्याय परिषदले उनको नाम उच्च अदालत पाटनको न्यायधिशमा सिफारिस गरेको छ ।
यसरी नै अन्य न्यायाधीश सिफारिसमा पर्नेहरुमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायव महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल रहेका छन् । साविक पुनरावेदन अदालतकी पूर्वअतिरिक्त न्यायाधीश निलम पौडेल पनि उच्च अदालतको न्यायाधीश सिफारिसमा परेकी छन् । जिल्ला न्यायाधीशबाट गोरखा जिल्ला अदालतका राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भरतपुरका महम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी र पर्साका नगेन्द्र लाल कर्ण पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । अधिवक्ता मध्येबाट ७ जना मुख्य न्यायाधीशमा नियुक्त भएका छन् । जसमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया रहेका छन् । न्यायपरिषदले उच्च अदालतका न्यायाधीश उमेशराज पौडेल सेवानिवृत्त भएपछि नियुक्ति पाउने गरी अधिवक्ता अञ्जु उप्रेती ढकाललाई न्यायाधीश सिफारिस गरेको छ । पौडेलले २०७६ वैशाख ३ गते अवकाश पाएपछि रिक्त हुने पदमा उप्रेतीलाई नियुक्त गर्न लागिएको न्यायपरिषद निर्णयमा उल्लेख छ ।यसपटक परिषदले गरेको सिफारिसमा सर्बोच्चमा एक जना महिला, उच्च अदालतमा तीन जना गरी कुल २३ जनामा ४ जना महिलाहर परेको छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->