आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रातो टीकामा १६ लाखमा साम्राज्ञी

रातो टीकामा १६ लाखमा साम्राज्ञी


  • Dhorpatan News
  • चैत्र २० २०७५, बुधबार

काठमाडौं, २० चैत – साम्राज्ञी आरएल शाहले अशोक शर्माको निर्देशनमा बन्न लागेका फिल्म रातो टीका निधारमा साइन गरेकी छन्। उनी फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिनेछिन्। १६ लाख पारि श्रमिक लिने गरी उनले उक्त फिल्म साइन गरेकी हुन्। सोमबार निर्देशक शर्माले साम्राज्ञीलाई लिड रोलमा अनुबन्ध गरेका हुन्। शर्माका छोरा यही फिल्मबाट डेब्यु गर्दै छन्। अहिले नबल नेपालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मारुनी’ मा व्यस्त साम्राज्ञीले निर्देशक हेमराज बीसीको फिल्म ‘शुभविवाह’ पनि साइन गरिसकेकी छन्। यो फिल्ममा उनले अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्दैछिन्। ‘मारुनी’ को छायांकन पूरा भएलगत्तै शर्माको फिल्म ‘रातो टीका निधारमा’ को छायांकन सुरु हुनेछ। केही दिनपहिले निर्देशक शर्माले अर्की अभिनेत्री नीता ढुंगानालाई पनि यो फिल्मका लागि अनुबन्ध गरेका थिए। नीता रवीन्द्र झाको अपोजिटमा देखिने बताइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->