पोखरा ,२७ चैत — यसै साता सार्वजनिक भएको प्रकाश सपूतको ‘दोहोरी ब्याटल २’ ले युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थान कब्जा जमाएको छ । युट्युबमा भिडियो अपलोड भएको एक साता नबित्दै ३० लाख बढी भ्युज पाइसकेको छ । बुधवार साँझसम्म युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थान कब्जा जमाएको छ । प्रीति र प्रकाशकै गायन रहेको उक्त दोहोरी ब्याटलको रचना तथा संगीत पनि प्रकाशकै रहेको छ । आठ हजार बढी कमेन्टस् पाएको उक्त गीतलाई अधिकांशले पृथक स्वाद भएकोले रुचिकर लागेको बताएका छन् ।





