शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शिक्षकहरु समृद्धका अगुवा हुनः नेता शर्मा

शिक्षकहरु समृद्धका अगुवा हुनः नेता शर्मा


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७५, शुक्रबार

बागलुङ, २९ चैत ः पूर्व शिक्षा मन्त्री तथा राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले शिक्षकहरु समृद्धका अगुवा भएको बताए। शुक्रबार बागलुङमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समितिको बागलुङको संयुक्त आयोजना सम्पन्न ४० औं शिक्षक दिवसलाई सम्बोधन गर्दै नेता शर्माले गाउँ गाउँका सचेत व्यक्ति भनेको शिक्षकहरु भएको भन्दै शिक्षकहरुले आम नागरिकमा सकरात्मक सोचाइको विकास गर्न आवश्यक रहेको बताए ।

जनताको चेतना भर्ने पहिलो दायित्व शिक्षक भएको बताउदै समृद्ध नेपाल निर्माण गर्नका लागि आवश्यक कदम चाल्न सम्पूर्ण शिक्षकहरुलाई नेता शर्माले आग्रह गरे । नेता शर्मा आफूले शिक्षकहरुको आन्दोलन सफल पार्न ठूलो योगदान पु¥याएको स्मरण गर्दै सबैको मेहनतबाटनै शिक्षकहरुको हकहीत प्राप्त गर्न सफल भएको बताए।

‘शिक्षकहरुलाई अनावश्यक दमन गर्नु हुदैन’ नेता शर्माले भने ‘आन्दोलनको उपलव्धीलेनै शिक्षकहरुको सुनश्चित भएको हो ।’ शर्माले आफू शिक्षा मन्त्री हुँदा शिक्षाकका धेरै मुद्दा संबोधन गरेको दावी समेत गरे । कार्यक्रममा संघीय सांसद मन कुमारी के.सी, नेपाल शिक्षक महासंघका केन्द्रिय सह–अध्यक्ष पूर्ण प्रसाद दवाडी, नेकपाका नेता कृष्ण पाठक, टिकाराम सापकोटा, झपिन्द्र क्षेत्री लगायतले बोलेका थिए।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका अध्यक्ष गोविन्द बहादुर भण्डारीको अध्यक्षता, शिक्षक अगुवा जीत वहादुर थापाको स्वागत तथा कृष्ण भट्टराइको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->