मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

देबकुमार नेपालीद्वारा गलकोटका बाढी पिडित ,क्लब देखि विद्यालयलाई सहयोग

देबकुमार नेपालीद्वारा गलकोटका बाढी पिडित ,क्लब देखि विद्यालयलाई सहयोग


  • थम्मन थापा
  • बैशाख ४ २०७६, बुधबार

गलकोट,४ बैशाख – ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालिले स्थानिय तहमा बिकासको पुर्बाधार तयार तथा ब्यबस्था गर्न गाउँ नगरमा स्थानिय सरकार आएको बताए ।आलोक युबा कल्बको ८ औ बार्षिकोत्सबको अबसरमा बोल्दै नेपालीले जनता र देशको समृद्धिको लागी जनप्रतिनिधीले आग्रह तथा पुर्बाग्रह नराखि जनमतको कदर गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपालिले अस्थाई सरकारको कारण देशमा बिकासले तिब्रता लिन नसकेको र अब नेकपाको स्थाई सरकारले बिकासको कामलाई तिब्रता दिने दाबी गरे।
उनले कल्बको भवन निर्माणको लागी ब्यक्तिगत रुपमा नगद १ लाख ५ हजार, पार्वती माध्यमीक बिद्यालय चरौदिमा अध्यापन गराउने १ जना शिक्षकको लागी १ बर्ष सम्म सेबा सुबिधा उपलब्ध गराउने घोषणा गरे। सो अबसरमा नेपालिले पञ्चेबाजा, सास्कृतिक समुहहरुलाई समेत आर्थिक सहयोग गरेका थिए।
मेलाको अबसरमा जनचेतना युवा कल्ब चन्द्रकोट गुल्मीका कलाकारले लाखेनाच,नागनगिनी नाच, गलकोट नगरपालिका बाड नम्बर ६ ठुलाथरको समुहले ठाडो भाका, गलकोट नगरपालिका बाड नम्बर ३ कोतमैदानले नौमती बाजा सहति सोरठि, सास्कृतिक झाँकी प्रस्तुत गरेका थिए । कार्यक्रममा रेशम निदोश, कल्पना रामपाल लगाएतका कलाकारले सुांगितीक प्रस्तुति रोखेका थिए । कार्यक्रममा कल्बले ज्येष्ट नागरिक फरक क्षमता भएका ब्यक्ती तथा समाजसेबीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम आलोक युबा कल्बका अध्यक्ष भक्त बहादुर नेपालिको अध्यक्षता, सदस्य अजय नेपालीको स्बागत र उपाध्यक्ष सञ्जय नेपालिको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले बैशाख १ गते आएको असिना पानी सहतिको बाढिले क्षतिग्रस्त गलकोट नगरपालिकाका बडा नम्बर १ २ र ३ का बिभिन्न स्थलको अबलोकन गरेका छन। अबलोकन पछि नगरप्रमुख नेपालीले बाढिबाट बिस्थापित परिबारलाई वडा कार्यालयको सिफारीसको आधारमा प्रति परिबार नगद रु १० हजार रुपैया ब्यक्तिगत रुपमा सहयोग गर्ने घोषणा गरे । बास्तबिक बिस्थापितहरुको तथ्याङ्क संकलन गर्न स्थानिय भिम भण्डारी र बडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीलाई जिम्मेबारी दिएको नेपालीले जनाकारि दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->