मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बलात्कार आरोपी सुन्दर पाँच लाख धरौटीमा छुटे

बलात्कार आरोपी सुन्दर पाँच लाख धरौटीमा छुटे


  • Dhorpatan News
  • बैशाख ५ २०७६, बिहिबार

पोखरा, ५ वैशाख – जिल्ला अदालत पोखराले बालिका बलात्कारको आरोपमा पक्राउ परेका सुन्दरकुमार श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । मंगलवार र बुधबार चलेको थुनछेक बहसपछि बुधबार जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सुन्दरलाई थुनामा राखी कार्यवाही गर्न नपर्ने भन्ने आदेश गरेको हो ।
सुन्दरमाथि छिमेकी विष्णु पहारीको घरमा सहयोगीको रुपमा रहँदै आएकी बालिकामाथि २०७४ साल असोज महिना देखि पटकपटक र गत चैत्र २६ गते पछिल्लो पटक बलात्कार गरेको आरोप लागेको थियो । सुन्दरलाई चैत्र ८ गते पक्राउ गरिएको थियो ।
नयाँ कानून मुलुकी अपराध संहिता २०७४ लागू भएपछि बालिका बलात्कारको मुद्दामा कास्की जिल्ला अदालतले सम्भवतः पहिलो पटक धरौटीमा छोडेको छ । पहारीको घरमा काम गर्दै र पढ्दै आएकी बालिका चैत्र ७ गते अबेर सम्म घर नफर्किएपछि प्रहरीमा सुचना गरिएको थियो । प्रहरीले बालिकालाई उनकै साथीको घरमा फेला पारेको थियो । वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले बालिकालाई कसैसँग सम्पर्क गर्न नदिई बयान लिएको थियो । सोही बयानका आधारमा प्रहरीले जाहेरी दरखास्त दर्ता गरेको थियो ।
वादीका तर्फबाट जिल्ला महान्यायाधिबक्ता गुरुप्रसाद वाग्ले, पूर्ण प्रसाद शर्मा र अधिबक्ता भुवन पराजुली काफ्लेले बहस गरेकी थिइन् । प्रतिवादी सुन्दरकुमार श्रेष्ठको तर्फबाट बरिष्ठ अधिबक्ताद्धय कृष्णबहादुर थापा रमनकुमार श्रेष्ठ, नेपाल बार एशोशिएसनका गण्डकी उपाध्यक्ष अधिबक्ता सुरेन्द्र थापा मगर, उच्च बार पोखराका अध्यक्ष अधिबक्ता रोहितराज बास्तोला, अधिबक्ता गोबिन्द पौडेल, अधिबक्ता योगेन्द्रबहादुर अधिकारी, अधिबक्ता मिलन राई लगायतले पैरवी गरेका थिए ।
श्रेष्ठमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १(२) को कसुर गरेको आरोपमा (३) घ बमोजिम सजाय हुनुपर्ने मागदावी गरिएको थियो । यसअघि उनै बालिकामाथि यौन उत्पीडनको आरोपमा सुन्दरसँग पक्राउ परेका एनआइसी एसिया बैंकमा काम गर्ने सुवास सुवेदी तीनलाख धरौटीमा हिरासतमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->