मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरा वन विज्ञान अध्ययन संस्थानमा गणित सहप्राध्यापक क्याम्पस चिफ

पोखरा वन विज्ञान अध्ययन संस्थानमा गणित सहप्राध्यापक क्याम्पस चिफ


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७६, सोमबार

पोखरा,१६ बैशाख – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँको एकल निर्णयमा पोखरा वन विज्ञान अध्ययन संस्थानमा गणित विषयका सहप्राध्यापकलाई क्याम्पस चिफमा नियुक्त गरिएको छ । खनियाँले चैत २८ गतेदेखि लागु हुनेगगरी ३ महिनाको लागि संस्थानका सहप्राध्यापक प्रेम नारायण खनाललाई नियुक्त गरेका हुन् ।
त्रिवि उपकुलपतिको कार्यालयको पत्रानुसार खनाललाई त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम जिम्मेवारी दिइएको छ ।जबकि, सोही ऐनको दफा २१ (क) ले विश्वविद्यालयको कुनै पदाधिकारीको पद रिक्त भएमा ३ महिनाभित्रै उक्त पद नियुक्त गरी पूर्ति गर्नुपर्ने व्यवस्था राखिएको छ ।तर, संस्थान भने गत जेठ २३ गतेदेखि नै क्याम्पस प्रमुख विहिन थियो ।
संस्थानका डिन प्रा.डा. कृष्णराज तिवारीले क्याम्पस प्रमुखको लागि गत जेठ २० गते नै सिलवाल सहित अन्य २ जना प्राध्यापक विनोद प्रसाद हेजु र उपप्राध्यापक विष्णु देवकोटाको नाम त्रि.वि.को कार्यकारी परिषदलाई सिफारिस गरेका थिए ।खनियाँले चाहिँ उक्त सिफारिस कार्यकारी परिषद्मा नै रहेको र टुंगो नलागेको बताएका छन् । ‘त्यो सिफारिस परिषदमै छ, टुंगो लागेको छैन् ।’ उनले भने ।
वनविज्ञान संस्थानमा गणित विषयको प्राध्यापकलाई नियुक्ति किन दिएको त ? भन्ने प्रश्नमा भने, ‘उहाँ पहिले संस्थानको सहायक डिन हुनुहुन्थ्यो, वनकै सहायक डिन भइसेको मान्छेलाई क्याम्पस चिफ हुन सुहाउँदैन भन्ने कुरा नै भएन नि ।’उपकुलपतिको यो निर्णयविरुद्ध सिफारिसमा परेका प्राध्यापक र उपप्राध्यापकहरु रुष्ट बनेका छन् ।
निमित्तको भूमिकामा १० महिना काम गरेका उपप्राध्यापक ठाकुर सिलवाल भन्छन, ‘३ जना सिफारिसमा परेका थियौँ, ३ जनामध्येबाट जो कोही भएपनि हामीलाई आपत्ति थिएन, तर सम्बन्धित विषयभन्दा बाहिरको त्यैपनि सिफारिसमै नपरेको व्यक्ति नियुक्त गर्न नहुने थियो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->