पाल्पाको भिरपानीबाट हुवासतर्फ जादै गरेको सडकबाट करिब ३ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी जिप चालक बुद्धिबल सोती, निस्धी गाउँपालिका–७ का ४६ वर्षीय खड्क बहादुर सोमाई, सोही स्थानका ५५ वर्षीय देवी खड्काको मृत्यु भएको छ । यस्तै, ४५ वर्षीय लालबहादुर सारु र ५७ वर्षीय सन्तबहादुर सारुको मृत्यु भएको पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षक गणेश चन्दले बताए । घटनास्थलमा प्रहरी टोलीले उद्धारकार्य जारी राखेको जनाएको छ ।





