मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कर्मचारीकै कारण काम भएन : मन्त्री लम्साल

कर्मचारीकै कारण काम भएन : मन्त्री लम्साल


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७६, मंगलबार

पोखरा,१७ बैशाख – गण्डकी प्रदेशका उद्योग,बन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले सोचेजस्तो काम गर्न नसकेको स्वीकारेका छन् । प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उदघाटन गर्दै उनले कर्मचारीहरुको असहयोगका कारण विकासमा साझेदारीका लागि समस्या परेको गुनासो गरे । उनले यसको दोषी कर्मचारी पनि भएको दावी पनि गरे । वर्षौँ नीति निर्माणमा बसेका कर्मचारीहरुले गोष्ठीमा यो भएन र त्यो भएन भन्दै आएको उनले सुनाए । विकासका लागि ट्याक परिवर्तन आवश्यक भएपनि कर्मचारीतन्त्रले नयाँ ट्रयाक मन नपराएकोले समस्या आएको उनको आरोप थियो ।
प्रदेश सरकारले एक स्थानीय तह, एक उद्योगग्राम र्निमाण गर्न लागेकोले सोही अनुसारको काममा लाग्न र जनताको जीवनस्तरको बिकासतर्फ सोच्न उनले कर्मचारीलाई निर्देशन पनि दिए । गोष्ठीमा मन्त्रालयका महाशाका प्रमुख नारायण आचार्यले मन्त्रालयले आगामी दिनमा कस्तो योजना बनाउने भन्ने बारे सही र प्रभावकारी सुझाव दिन सहभागिहरुलाई अनुरोध गर्नभयो । नेपाल सरकारका सह सचिव दिनेश भट्टराईले गोष्ठीमा मन्त्रालयले गर्नुपर्ने कार्यक्रमका बारेमा धारणा राख्ने बताइएको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्तर्गतका उद्योग अधिकृतहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->