मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रधानमन्त्री आफैँ राति २ बजेसम्म खटेर नीति तथा कार्यक्रम तयार

प्रधानमन्त्री आफैँ राति २ बजेसम्म खटेर नीति तथा कार्यक्रम तयार


  • Dhorpatan News
  • बैशाख १९ २०७६, बिहिबार

काठमाडौं, १९ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति २ बजेसम्म आफैं बसेर यो वर्षको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएका छन् । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार यो वर्षको नीति तथा कार्यक्रम तयार पार्न ओली आफैं सक्रिय भएका थिए ।

सरकार गठन भएको झण्डै १५ महिना बित्न लागेको छ । यो बीचमा सरकारका कामकारबाहीका बारेमा जनस्तरबाट ठूलो आलोचना भैरहेको छ । त्यही भएर ओलीले यो वर्षको नीति तथा कार्यक्रममा निकै मेहनत गरेका छन् । ‘सम्मानीय प्रधानमन्त्री ओलीज्यू हिजो राति दुई बजेसम्म आफैं खट्नुभएको छ । सबै तयारी भएर नीति तथा कार्यक्रम छपाईमा पठाईएको छ ।’–बालुवाटार स्रोतले भन्यो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रवार संघीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक वर्षको बजेटमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->