मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बागलुङमा एकै दिन दुई शव फेला,हिँड्दा हिँड्दै एक व्यक्तिको ज्यान गयो

बागलुङमा एकै दिन दुई शव फेला,हिँड्दा हिँड्दै एक व्यक्तिको ज्यान गयो


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७६, सोमबार

बागलुङ,२३ बैशाख – बागलुङका बिभिन्न ठाउँमा सोमबार शव फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई जना पूरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
बडिगाड गाउँपालिका–८ नेटाको जंगलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जंगल पुगेका स्थानियले घर्तीको कंकाल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
उनको शव पूरै सडेको अवस्थामा भएपनि उनले लगाएको चप्पल र कपडाले पहिचान भएको जिल्ला प्हरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्ष झवेन्द्र भट्टराईले जानकारी दिए । घर्ती चार महिना अघिदेखी बेपत्ता थिए । मानसिक समस्या रहेका उनलाई परिवारले खोजीगरीरहेको भएपनि सोमबार मात्रै उनको शव जंगलमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि प्रहरीले धौलागिरी अञ्चल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको जैमिनी नगरपालिका–८ को कालिगण्डकी नदिकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्दाजी ३० बर्षिय पूरुषको सव फेला परेको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए । शवको पहिचान हुन सकेको छैन् ।
शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम स्थित धौलागिरी अञ्चल अस्पताल ल्याईएको छ । यस्तै जिल्ला सदरमुकाम बागलुङ बजारको श्रीनगरटोलमा सोमबार दिउँसो हिँड्दा हिँड्दै एक व्यक्तिको ज्यान गएको छ । नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–७ घर भई हाल बागलुङ बजारमा ज्याला मजदुरी काम गर्दै आएका अन्दाजी ३८ बर्षिय खुमानन्द पौडेल हिँड्दा हिँड्दै ज्यान गएको हो । बाटोको छेउमा रगत बान्ता गरी पल्टिए पछि उपचारको लागि धौलागिरी अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका सदस्यहरु बागलुङ आईनपुगेकाले उनको शव धौलागिरी अञ्चल अस्पतालमा राखिएको छ । तीनवटै घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->