मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जानीबुझी नै ‘मेरो सरकार’ शब्द राखिएको हो :प्रधानमन्त्री ओली

जानीबुझी नै ‘मेरो सरकार’ शब्द राखिएको हो :प्रधानमन्त्री ओली


  • Dhorpatan News
  • बैशाख २४ २०७६, मंगलबार
k|ltlglw;efsf] a}7s k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf af]Ng'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडाैँ, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द जानीबुझी राखेको स्पष्टीकरण दिएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘ भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई अनावश्यक विवादमा नल्याउन आग्रह गरे । राष्ट्रपति व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै भोलि अरु कुनै दलको सरकार भएपनि राष्ट्रपतिले मेरो सरकार नै भन्नुपर्ने बताए ।उनले यसलाई अन्तर्राष्ट्रिय अभ्यास भएको पनि दाबी गरे । छिमेकी देश भारतको उदाहरण दिदै प्रधानमन्त्री ओलीले वर्तमान राष्ट्रपति रामनाथ कोविन्द मात्रै होइन, यसअघिका राष्ट्रपतिहरुले पनि ‘माई गभर्नेन्स’ भन्ने गरेको बताए ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई समेत वर्तमान सरकारलाई आफ्नै सरकारका रुपमा बुझ्न आग्रह गरे ।‘प्रतिपक्षका साथीहरुलाई मेरो सरकार भन्न त अलि अफ्ठ्यारो लाग्ला तर, यो उहाँहरुको पनि सरकार हो, मेरो सरकार भन्दा हुन्छ’, ओलीले भने, ‘बजेटमा हेर्नुहोला प्रतिपक्षका लागि कति बेजट आउँछ ।’

यस्तै, उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बेलायती महारानीको जस्तो भनेर गरेको टिप्पणी गलत भएको बताए । बेलायत नेपालसँग कुटनीतिक सम्बन्ध भएको देश भएकाले बोल्दा बिचार गर्न आग्रह गरे ।‘उनीहरुको नराम्रो छ, त्यस्तै हाम्रो भयो भन्न मिल्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुको र हाम्रो अभ्यास फरक छ । बोल्दा कुटनीतिक कुरामा ध्यान दिन साथीहरुलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->